Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अल्मुताइरी बने वर्षकै उत्कृष्ट प्रशिक्षक

अल्मुताइरी बने वर्षकै उत्कृष्ट प्रशिक्षक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २३, २०७९ मंगलवार • १७:५५:२२ बजे
  • 550
    SHARES
  • अल्मुताइरी बने वर्षकै उत्कृष्ट प्रशिक्षक

    नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८ मा वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

    images

    आज (मंगलबार) एक कार्यक्रमका बीच उनलाई वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड दिइएको हो ।

    वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयन सूचीमा भलिबलका जगदीशप्रसाद भट्ट, बक्सिङका दीपक महर्जन, पारातेक्वान्दोका कविराज नेगी लामा र क्रिकेटका डेभ ह्वाटमोर थिए ।

    पहिलो पटक नेपाललाई एसिया कप छनोटको तेस्रो चरणमा पुर्‍याएका अल्मुताइरी उनीहरूलाई उछिन्दै वर्षको उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका हुन् ।

    त्यस्तै उनकै प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा समेत पुगेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology