Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओडीआई वरीयतामा नेपालको दुई स्थान सुधार, १७औं स्थानमा उक्लियो

ओडीआई वरीयतामा नेपालको दुई स्थान सुधार, १७औं स्थानमा उक्लियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २४, २०७९ बुधवार • १८:४३:५८ बजे
  • 691
    SHARES
  • ओडीआई वरीयतामा नेपालको दुई स्थान सुधार, १७औं स्थानमा उक्लियो

    पछिल्लो समय आईसीसी क्रिकेट विश्वकप लिग टू मा उत्कृष्ट प्रदर्शन गर्दै ८ मध्ये ७ खेल जितेको नेपालले ओडीआई वरीयतामा दुई स्थान माथि उक्लिएको छ ।

    images

    आईसीसीले बुधबार अपडेट गरेको ओडीआईतर्फको वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १७औं स्थानमा उक्लिएको हो । नेपालले यूएई र अमेरिकालाई पछि पारेको हो ।

    नेपालले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासँगको लिग टू मा चारवटै खेल जितेको थियो भने यूएईमा भएका चार खेलमा तीन खेल जितेको थियो ।

    लगातार उत्कृष्ट प्रदर्शन गरेपछि वरियतामा पनि नेपालले फड्को मारेको हो । सात राष्ट्र सम्मिलित लिग टू मा नेपाल ३२ खेलबाट ३२ अंक जोड्दै पाँचौ स्थानमा छ ।

    लिग टू मा शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउन नेपालले बिहीबारदेखि घरेलु मैदानमा हुने यूएई र पपुवा न्युगिनीसम्मिलित शृखंलामा चारवटै खेल जित्नुपर्नेछ ।

    नेपाल भन्दा पछि रहेको अमेरिका १८औं, युएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन् । भारत शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो स्थानमा छ । एसोसिएट राष्ट्रतर्फ स्कटल्याण्ड सबैभन्दा माथि १२औं स्थानमा छ ।

    विश्वकप सुपर लिग खेलिरहेको नेदरल्याण्ड्स १४औं स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # १७औं स्थानमा उक्लियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology