Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजेशपायल र साङबुङले मंसिरमै गरेका थिए विवाह दर्ता

राजेशपायल र साङबुङले मंसिरमै गरेका थिए विवाह दर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २४, २०७९ बुधवार • १९:२२:२८ बजे
  • 886
    SHARES
  • राजेशपायल र साङबुङले मंसिरमै गरेका थिए विवाह दर्ता

    नेपाली सांगीतिक क्षेत्रमा चर्चित गायक राजेशपायल राईले अझैसम्म आफ्नो विवाहलाई औपचारिकरुपमा घोषणा गरेका छैनन् । तर, राजेशपायलले विवाह गरेको कुरन पनि कतै लुक्न सकेको छैन ।

    images

    नेपाली सांगीतिक क्षेत्रमा मेगास्टारका रुपमा समेत चिनिएका राजेशपालयले साङबुङ राईलाई अँगालेको खबर केही महिनाअघि मात्र सार्वजनिक भएको थियो ।

    एक सार्वजनिक कार्यक्रममा आफू अविवाहित भनेको २४ घण्टा नवित्दै साङबुङले छोरासहितको तस्बिर सार्वजनिक गरेका थिए । बारम्बार विवाहको प्रश्न झेल्दै आएको राजेशपायलले भने आफू ब्याचलर नै भएको बताउँदै आएका थिए ।

    सोही क्रममा सांगीतिक सियालिटी शोमा कोच रहेकै बेला उनले आफू सिंगल नै भएको बताएको भोलिपल्ट साङबुङले ‘राजेशपायल र आफ्नो सन्तान’ आशयको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । त्यतिबेला राजेशपायलले झट्ट स्वीकारका थिएनन् । यसरी राजेशपायलले आफ्नो विवाह लुकाउनको अर्को कारण हो, उमेर अन्तर ।

    आफूभन्दा झण्डै २६ वर्ष कान्छी साङबुङसँग विवाह गरेका राजेशपायलले अझै विवाहलाई औपचारिकता दिएका छैनन् । एक सन्तानको बाबु भइसकेपछि पनि खोटाङ जन्तेढुंगा–३ की साङबुङसँगको विवाहलाई ओपचारिकता नदिनु राजेशपायलेको आफ्नै समस्या होला । तर, साङबुङसँगको सम्बन्धबारे एकपछि अर्को सार्वजनिक गर्दै जानुले साङबुङसँगको सम्बन्ध स्वीकारको देखिन्छ ।

    यसैक्रममा अहिले राजेशपायल र साङबुङबीचको विवाह दर्ता सार्वजनिक भएको छ । उनीहरुले २०७९ मंसिर २६ गते नै विवाह दर्ता गरेको देखिन्छ ।

    काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा भएको विवाह दर्तामा राजेशपायल राई र साङबुङबीच उमेर अन्तर झण्डै २६ वर्ष देखिन्छ ।

    सार्वजनकि भएको विवाह दर्तामा राजेशपायलको जन्ममिति २०३२ असोज १४ गते रहेको छ भने उनकी पत्नी साङबुङको जन्ममिति २०५८ साउन १४ गते उल्लेख छ । यस हिसावले राजेशपायल र साङबुङको उमेर अन्तर २६ वर्ष देखिन्छ । अर्थात राजेशपायलभन्दा साङबुङ २६ वर्ष उमेरले कान्छी छिन् ।

  • सम्बन्धित विषय:

  • # राजेशपायल र साङबुङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology