Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २५, २०७९ बिहिवार • १०:४१:१२ बजे
  • 370
    SHARES
  • ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते

    रोल्पाको त्रिवेणी गाउँपालिका-२ दहवनमा बुधबार बेलुका भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

    images

    सल्यानको कुमाक गाउँपालिका ६ का ३२ वर्षीय टोपलाल बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

    राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचार गराइरहेका बिकको बिहीबार बिहान पौने १ बजे मृत्यु भएको हो । सडकमा काम गर्ने मजदुर सवार रा१त १७२५ नम्बरको उक्त ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीको जनाएको छ ।

    दुर्घटनामा परि ७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर र २ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

    ट्याक्टर चालक दाङ घोराही उपमहानगरपालिका वडा नं. ३ का २९ वर्षीय नवीन चौधरीलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय होलेरीमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ७ जना घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology