Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमितभन्दा निको हुने धेरै

कोरोना संक्रमितभन्दा निको हुने धेरै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७७ आइतवार • ०८:३३:०७ बजे
  • 958
    SHARES
  • कोरोना संक्रमितभन्दा निको हुने धेरै

    पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २०४ जनालाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा १० हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २०४ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

    अघिल्लो दिनको भन्दा शनिबार सङ्क्रमण घटेको छ । शुक्रबार देशभर दुई हजार २० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । शनिबार थपिएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९६ पुगेको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार १२९ छ । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ४४७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

    योसहित डिस्चार्ज हुनेको कुल सङ्ख्या ४५ हजार २६७ पुगेको छ । डा. गौतमले शून्य सङ्क्रमित रहेका जिल्ला सातवटा र पाँच सयभन्दा माथि उपचाररत सङ्क्रमित जिल्ला नौवटा रहेको बताउनुभयो । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र रुपन्देही छन् ।

    images

    यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, मुगु, डोल्पा र हुम्ला छन् । देशभरका क्वारेन्टाइनमा सात हजार ७३५ जना र होम आइसोलेसनमा सात हजार ९७६ जना छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा नौ हजार १५३ जना छन् । गोरखापत्र दैनिकबाट

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology