तस्वीर : सामाजिक सञ्जालबाट
पेट्रोल बोकेर काठमाडाैँतर्फ आइरहेकाे एक ट्यांकर त्रिशूली नदीमा खसेकाे बताइएकाे छ । ट्यांकर नदीमा खसेपछि पानीमै आगलागी भएको छ ।
ना ४ ख २८२२ नम्बरको उक्त ट्यांकर आइतबार बिहान करिब २ बजेतिर त्रिशूलीमा खसेकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । धादिङको गल्छी गाउँपालिका– ६ चरौंदीबाट त्रिशूलीमा खसेर आगाे लागेकाे भए पनि दमकलको सहायताले आगो निभाइसकेकाे बताइएकाे छ ।