Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अब सबै कर्मचारी कार्यालयमा हाजिर हुनुपर्ने

अब सबै कर्मचारी कार्यालयमा हाजिर हुनुपर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७७ आइतवार • ११:५७:५५ बजे
  • 1.1K
    SHARES
  • अब सबै कर्मचारी  कार्यालयमा हाजिर हुनुपर्ने

    आलोपालो प्रणालीलाई खारेज गर्दै  सरकारले सबै कर्मचारीलाई कार्यालय बोलाएको छ। कोरोनाको महामारीसँगै अपनाएको आलोपालो प्रणालीलाई खारेज गर्दै नियमित रुपमा कार्यालयबाटै सेवा प्रवाह गर्ने सरकारले निर्णय गरेको हो ।

    images
    सरकारले सबै कार्यालय, निकाय एवं संघसंस्थाले नियमित रुपमा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गर्न निर्देशन दिएको छ। सरकारले कार्यालय सञ्चालन गर्दा स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्ने, गराउने निर्देशन गरेको छ ।

    सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालय सञ्चालन गर्न भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ। मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले सबैकर्मचारीले कार्यालयमा हाजिर भइ काम गर्ने बताए । उनले सबै सेवा सञ्चालनमा आएकाले कर्मचारीको कार्यालयबाटै कार्य सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

    यसअघि अपनाइएको आलोपालो प्रणाली प्रभावकारी नभएको मन्त्रालयले जनाएको छ। सरकारले पहिलो लकडाउनको ४ महिनाको अवधिलाई सार्वजनिक बिदामा रुपान्तरण गरेको भएपनि पछिल्लो निषेधाज्ञा र लकडाउनमा आधाले कार्यालयबाट र आधारले घरबाटै काम गर्ने व्यवस्था मिलाएको थियो। तर त्यो व्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको थिएन।

    प्रवक्ता अधिकारीले साह्रै अफ्ठ्यारो भए कार्यालय प्रमुखको तजबिजमा घरबाट काम गर्ने व्यवस्था मिलाउन सकिने पनि जानकारी दिए। ‘ देशभर करिब ८९ हजार निजामती कर्मचारी कार्यरत छन्।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology