Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली सेनाका जवानको कोरोना संक्रमणबाट मृत्यु

नेपाली सेनाका जवानको कोरोना संक्रमणबाट मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७७ आइतवार • १२:०१:२० बजे
  • 1.7K
    SHARES
  • नेपाली सेनाका जवानको कोरोना संक्रमणबाट मृत्यु
    कोरोना भाइरस (कोभिड–१९) बाट  नेपालमा पहिलो पटक सैनिक जवानको मृत्यु भएको छ । सेनामा कार्यरत जवानमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

    रामेछाप घर भएका उनी काठमाडौंमा कार्यरत थिए । ब्लड क्यान्सरको उपचार गराइरहेका उनको गत भदौ २९ गते मृत्यु भएको थियो । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    उनको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट गत शुक्रबार आएको थियो । नेपाली सेनामा पहिलो पटक कोरोना संक्रमित ३४ वर्षीय जवनाको मृत्यु भएको सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

    नेपाली सेनामा कोरोना संक्रमितको संख्या अहिले २ हजार ५६ जना पुगेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology