Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यूएईमाथि कीर्तिमानी जित निकाल्दै नेपालले जोगायो एकदिवसीय मान्यता

यूएईमाथि कीर्तिमानी जित निकाल्दै नेपालले जोगायो एकदिवसीय मान्यता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २८, २०७९ आइतवार • १६:५१:११ बजे
  • 805
    SHARES
  • यूएईमाथि कीर्तिमानी जित निकाल्दै नेपालले जोगायो एकदिवसीय मान्यता

    आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिदेशीय शृंखलामा नेपालले सानदार जित निकालेको छ ।

    images

    आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई १७७ रनले पराजित गरेको हो ।

    यो जितसँगै नेपालले आउँदो चार वर्षका लागि एकदिवसीय मान्यता कायम राखेको छ । यूएईविरुद्धको जित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको अहिलेसम्मकै फराकिलो जित हो ।

    नेपालले यसअघि सन् २०२१ मा पपुवा न्युगिनीलाई १५१ रनले हराएको थियो । आइतबार नेपालले प्रस्तुत गरेको २४९ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २२.५ ओभरमा ७१ रनमै समेटियो ।

    त्यसअघि, कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएपछि टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ४९।२ सबै विकेट गुमाएर २४८ रन बनाएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology