Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पीएनजी ९५ रनमा अल आउट, सन्दीपको पाँच विकेट

पीएनजी ९५ रनमा अल आउट, सन्दीपको पाँच विकेट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २९, २०७९ सोमवार • १२:०१:२१ बजे
  • 484
    SHARES
  • पीएनजी ९५ रनमा अल आउट, सन्दीपको पाँच विकेट

    आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा अल आउट भएको छ ।

    images

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९५ रन बनायो । पीएनजीका लागि असाड भालाले सर्वाधिक २० रन बनायो ।

    त्यस्तै सेसे बाउले १८ रन बनाउँदा कार्लेस आमिनी १६, हिरी हिरीले १४ रन बनाउन बाहेक अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए ।

    १० ओभर बलिङ गरेका सन्दीपले १ मेडेन ओभरसँगै २५ रन खर्चे ।

    नेपालका लागि ललित राजवंसी र कुशल मल्लले दुई–दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए । आजको खेलमा जित निकाल्दै नेपाल सोझै विश्वकप छनोटमा जाने लक्ष्यमा छ ।

    नेपाल लिग २ मा ३४ खेलबाट ३६ अंक छ । यता पीएनजीको ३४ खेलबाट ११ अंक जोडेको छ ।

  • सम्बन्धित विषय:

  • # सन्दीपको पाँच विकेट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology