Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

१६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३०, २०७९ मंगलवार • १२:२८:४८ बजे
  • 985
    SHARES
  • १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ ।

    images

    आज छापावाल सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

    सोमबार तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, मंगलबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ ।

    मंगलबार चाँदीको भाउ १२ सय ५५ रुपैयाँ कायम रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # बढ्यो सुनको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology