Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कालोमोसो दस्ताका संयोजकलाई पक्रेर सरकारले अधिकार हनन गर्‍यो: दुर्गा प्रसाईं

कालोमोसो दस्ताका संयोजकलाई पक्रेर सरकारले अधिकार हनन गर्‍यो: दुर्गा प्रसाईं

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३०, २०७९ मंगलवार • १७:५६:०९ बजे
  • 649
    SHARES
  • कालोमोसो दस्ताका संयोजकलाई पक्रेर सरकारले अधिकार हनन गर्‍यो: दुर्गा प्रसाईं

    राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो अभियानको युवा दस्ता कालोमोसो दस्ताका संयोजकलाई पक्रेर सरकारले संविधानप्रदत्त अधिकारमाथि हनन गरेको बताएका छन् ।

    images

    मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक प्रसाईंले सरकारले आफ्नो अभियानको युवा दस्ता कालोमोसो दस्ताका संयोजक शम्भु थापालाई पक्रेर सरकारले अराजकता देखाएको बताए । यद्यपी संयोजक थापा छुटिसकेका छन् ।

    उनले भने – ‘बैंक, वित्तीय संस्था, लघुवित्त, सहकारीको चर्को ब्याजविरुद्ध जुन झुन्डिएर मर्नुपर्ने, विष खाएर आत्महत्या गर्नुपर्ने, शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्नुपर्ने स्थितिको अन्त्य गर्नको लागि हामीले गरिब, सर्वहारा वर्ग, भुइँमान्छेको लागि यो आवाज उठाएको हो हामीले । हिजो यही सर्वहारा वर्ग र भुँइमान्छेको नाम गरेर नेताहरू ठाउँमा पुगे ।

    नेताहरूले पैसा कमाएर लगेर विदेशका बैंकहरुमा राखे । ५५ जना व्यापारी र १० जना नेताहरूले यो देशमा भाँडभैलो मच्चाएर आज हामी तीन करोड नेपालीहरूमा एक करोड बाहिर बस्नुपर्ने, दुई करोड नेपालीहरू प्रेसर, सुगर, डिप्रेसनको सिकार भएर कति दिने बाँच्ने भनेर काल पर्खेर बसेको स्थिति । त्यो सबै कुराहरूलाई मध्यनजर गर्दै हामीले अभियान चलाएको । शम्भु थापाको नेतृत्वमा चितवनमा कालोमोसो दस्ता भनेर सुरु भएको थियो । तर उहाँहरूले कालोमोसो दल्नु भएको थिएन । एउटा दस्ता मात्रै बनाउनुभएको थियो ।’ उनले थपे, ‘नेकपा(एमाले)को युवा संघ, माओवादी केन्द्रको वाईसिएल र नेपाली काँग्रेसको तरुण दल जस्तै हाम्रो अभियानको कालोमसो दस्ता बनाएको थियो ।

    त्यो बनाएकै भरमा केही नगरीकन उहाँलाई पक्रेर लगेर थुनियो । कति अराजक रहेछ मुलुक । संविधान प्रदत्त अधिकारमाथि हनन गर्‍यो राज्यले । उहाँले सर्वहारा वर्ग र भुइँमान्छेको कुरा गरिराख्दा खेरी प्रचण्ड सरकारले पक्रेको छ । मलाई पनि खेदिराखेको छ । तर म भाग्नेवाला छैन ।

    अब स्वतः स्फूर्त रूपमा देश, गाउँ, हरेक ठाउँबाट यी सामन्तहरूलाई ठेगान लगाउने काम गर्नुपर्छ र यी बैंक र लघुवित्तहरू यही तरिकाले छाडा छोड्यो भनेदेखि हाम्रो घर, जग्गा, जमिन लिलाम हुँदैछन् । हामी सुकुम्वासी हुँदैछौँ ।’ उनले आफूहरू सर्वहारा वर्गको पक्षमा आन्दोलनमा उत्रिएको स्पष्ट पारे । उनले आफूले ऋण तिर्नु पर्दैन भनेर नभनेको भन्दै चर्को ब्याजदरमा ऋण तिर्न सक्नेहरुलाई तिर्न पनि आग्रह गरे ।

    तिर्न नसक्नेहरूका लागि सरकारले ऋण मिनाहा गरिदिनुपर्ने बताए । उनले भने, ‘मान्छेहरूको कुरो के आइरहेको छ भने दुर्गा प्रसाईंले २० लाखदेखि मुनिको ऋण मिनाहा गर्छु भनेको छ भनेर चितवनमा पनि हाम्रो आन्दोलनविरुद्धमा लघुवित्तका सीईओहरु घुमेको देखेँ । त्यसमा म के भन्छु भने जो मान्छेले तिर्नसक्छ, तिर्नुस् । तिर्नु पर्दैन भनेको होइन । शक्ति हुने मान्छे, पैसा हुने मान्छेले तिर्दा हुन्छ । यो आन्दोलन भनेको सर्वहारा वर्गको लागि हो ।

    जसले तिर्न सक्दैन त्यसको लागि पो मिनाहा गरिदिउँ भनेको त । त्यो मिनाहा पनि मैले के भनेको भने बचतकर्ताहरूको जो व्यक्तिहरूले निक्षेप राखेको छ, त्यो पैसाबाट होइन, लघुवित्त र सहकारीलाई राज्यले जिम्मा लिएर राज्यले व्यहोर्नुपर्‍यो पो भनेको त । मान्छेहरूले गलत बुझेका छन् । जो मान्छेले तिर्न सक्छन् तिरुन् । ४० प्रतिशत नै तिर्छन् । हुनेले तिर्दा भयो ।

    यो त नहुने सँगको कुरा हो । हामीले नहुने मान्छेका लागि कुरो उठाएको हो । उहाँहरूले बुझ्दा हुन्छ ।’ प्रसाईंले बैंक तथा लघुवित्त विरुद्धको आफूहरूको आन्दोलन जारी रहेको बताए । उनले निरन्तर रूपमा देशभर विभिन्न आन्दोलनको कार्यक्रमहरू गरिने जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology