Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वकप फुटबल खेल्न १६ देश थपिए

विश्वकप फुटबल खेल्न १६ देश थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १, २०७९ बुधवार • ११:३८:०४ बजे
  • 760
    SHARES
  • विश्वकप फुटबल खेल्न १६ देश थपिए

    सन् २०२६ को फिफा विश्वकप फुटबलमा ४८ राष्ट्रले सहभागिता जनाउने भएका छन् ।

    images

    फिफा काउन्सिलको गएराति रुवान्डामा बसेको बैठकले विश्वकप खेल्ने १६ राष्ट्रको संख्या बढाउँदै ४८ पुर्याउने निर्णय गरेको हो । जसअनुसार २०२६ को विश्वकपमा अब ४८ राष्ट्र सहभागी हुनेछन् ।

    यसअघि विश्वकपमा ३२ राष्ट्रले सहभागिता जनाउँदै आएका थिए । बैठकले गएराति अनुमोदन गरेको नयाँ ढाँचा अनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ ।

    जसअनुसार हरेक समूहमा ४ टोली हुने छन् भने समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । यस्तै तेस्रो हुने उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउने छन् ।

    अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने २०२६ को विश्वकपमा कुल १०४ खेल हुनेछ ।

  • सम्बन्धित विषय:

  • # विश्वकप फुटबलको छनोट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology