Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १, २०७९ बुधवार • १२:३२:५४ बजे
  • 385
    SHARES
  • सवारी दुर्घटनामा ३ जनाको मृत्यु

    सुनसरी, भोजपुर र दाङमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

    images

    गुडिरहेको मोटरसाइकलबाट खसेर सुनसरीको बर्जु गाउँपालिका २ ढट्टाटोलमा एक महिलाको मृत्यु भएका छ । को ७ प ५६५ नम्बरको मोटरसाईकलमा पछाडी सवार सुनसरीकै बर्जु गाउँपालिका ३ बस्ने ३६ बर्सिया चन्द्रकलादेवी राय गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि उनलाई अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

    मोटरसाइकलका चालक मृतक महिलाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भोजपुरको रामप्रसाद दराई गाउँपालिका ५ लुगेनी भौडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमानमै मृत्यु भएको छ ।

    सोही स्थानका १८ वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको हो ।

    बैकुण्ठेबाट मानेभञ्ज्याङ तर्फ आउँदै गरेको ना ३ त ३४५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकदेखि करिब डेढसय मिटर तल खसेको अस्थायी प्रहरी चौकी मानेभञ्ज्याङले जनाएको छ । दाङको लमही नगरपालिका ९ रिहारमा ट्याक्टरको ट्रलीबाट खसेर एक जनाको मृत्यु भएको छ ।

    रा ७ त २२८६ नम्बरको ट्याक्टरको ट्रलीबाट खसेर गम्भीर घाइते भएका सोही ठाउँका २० वर्षीय करण बर्माको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology