Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१० हजार कर्मचारी कटौती गर्दै फेसबुक

१० हजार कर्मचारी कटौती गर्दै फेसबुक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १, २०७९ बुधवार • १३:०६:०५ बजे
  • 628
    SHARES
  • १० हजार कर्मचारी कटौती गर्दै फेसबुक

    फेसबुकको अभिभावक कम्पनी मेटाले १० हजार कर्मचारी कटौती गर्ने तयारी गरेको छ ।

    images

    बीबीसीका अनुसार ११ हजार कर्मचारी हटाएको चार महिना नपुग्दै मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्न लागेको हो ।

    मेटाका संस्थापक मार्क जुकरबर्गले सन् २०२२ मा कम्पनीको राजस्वमा भारी गिरावट आएकाले भारी संख्यामा कर्मचारी कटौती गर्नुपरेको बताएका छन ।

    अमेरिकामा बढेको ब्याजदर, अस्थिरता र नियामक कानुनमा भएको वृद्धिले आम्दानीमा गिरावट आएको उनको भनाइ छ । ​ मेटाले जस्तै गुगल र अमेजन जस्ता ठूला कम्पनीहरूले पनि यस्तै समस्याको सामना गरिरहेका छन् ।

    सन् २०२३ को सुरुमै अमेजनले १८ हजार जनालाई जागिरबाट निकालेको थियो। भने गुगलको कम्पनी अल्फाबेटले पनि १२ हजार रोजगारी कटौती गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology