Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वैदेशिक रोजगारीमा रहेकालाई अब गन्तव्य मुलुकबाटै पुनः श्रम स्वीकृति

वैदेशिक रोजगारीमा रहेकालाई अब गन्तव्य मुलुकबाटै पुनः श्रम स्वीकृति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १, २०७९ बुधवार • १९:५६:२६ बजे
  • 697
    SHARES
  • वैदेशिक रोजगारीमा रहेकालाई अब गन्तव्य मुलुकबाटै पुनः श्रम स्वीकृति

    सरकारले पुनः श्रमस्वीकृति अब गन्तब्य मुलुकबाटै जारी गर्ने निर्णय गरेको छ।

    images

    यसका लागि ‘वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली’ बन्न लागेको छ। श्रमिकले विदेशबाटै बैंकिङ प्रणाली र मोबाइल एपबाट नेपालका खातामा पैसा जम्मा गर्न सक्ने व्यवस्था समेत गरिने भएको छ।

    बुधबार प्रधानमन्त्रीस्तरीय निर्णयबाट गरिएको यो निर्णयले श्रमिकले लामो समयदेखि झेल्दै आएका समस्या समाधान हुने बुझाई मन्त्रालयको छ। पूनः श्रमस्वीकृति लिन श्रमिकहरु नेपाल आउनुपर्ने बाध्य हुँदा अब उनीहरुले भोग्दै आएको पीडा र समस्या समाधान हुने बुझाई श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको छ।

    यो प्रावधान राहत तथा उद्धारसँग सम्बन्धित रहेको छ । दुई वर्षे करारपत्र पूरा भएपछि कामदारले पुनः श्रमस्वीकृति गर्नुपर्ने बाध्यकारी प्रावधान थियो ।

    ‘मन्त्रालयले मूल्यांकन गर्दा श्रमिक कामदारको कार्य अवधि र भिषा अवधि छदै श्रम स्वीकृतिका कारण बीचमा नै नेपाल फर्किनु परेको, विदेशमा बस्दा पनि आफ्नो मुलुकले दिएको श्रम स्वीकृतिको अवधि नघाई बस्नुपर्ने अवस्था देखियो,‘ सचिव अर्यालले रातोपाटीसँग भने,‘ कामदारले धेरै झैझमेला मोल्नुपर्ने भएकोले सम्बन्धित मुलुकबाटै कार्य अनुमति/ रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताको आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने व्यवस्था गर्ने निर्णय गरेका हौं।’

    वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १७ (ग) मा भएकोपुन: श्रम स्वीकृतिको व्यबस्था हाल प्रभावकारी रुपमा कार्यान्वयनमा नआएको कारण विदेशमा कार्यरत नेपाली श्रमिकले धेरै दुःख पाएको,पुन: स्वीकृति लिन पनिपुन: नेपाल आउनुपर्ने भएको रपुन: श्रम स्वीकृति नभएको बेला भवितब्य परी मृत्यु भएमा मृत्यु भएका बखत पाउने राहत, उद्दार लगायतका सुविधा कानुन वमोजिम उपलब्ध गराउन नसकिएको पक्षलाई ख्याल गरेको सचिव अर्याल बताउँछन्।

  • सम्बन्धित विषय:

  • # श्रम स्वीकृति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology