Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यूएईविरुद्ध बलिङ गर्दै नेपाल

यूएईविरुद्ध बलिङ गर्दै नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २, २०७९ बिहिवार • ०९:२७:२४ बजे
  • 604
    SHARES
  • यूएईविरुद्ध बलिङ गर्दै नेपाल

    आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तगर्त नेपाल र यूएईबीच अन्तिम तथा निर्णायक खेल हुँदैछ ।

    images

    कीर्तिपूरस्थित त्रिवि मैदानमा ९ः ३० बजेदेखि सुरु हुने खेलमा नेपालले टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ ।

    यूएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । यसअघि नै एकदिवसीय मान्यता जोगाएको नेपालले बिहीबार यूएईलाई हराएमा एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।

    बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ ।

    पछिल्लो समय नेपाल उत्कृष्ट लयमा रहेको छ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ ।

    नेपाल क्रिकेट संघका अनुसार बिहीबारको खेलका लागि मैदानको क्षमताबराबरको टिकट बिक्री भएको छ । खेल सुरु हुनभन्दा पहिले मैदानमा दर्शकहरूको बाक्लो उपस्थिति भइसकेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology