Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यूएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य

यूएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २, २०७९ बिहिवार • १३:४९:३० बजे
  • 760
    SHARES
  • यूएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य

    आसिफ खान र भृत्य अरविन्दको विस्फोटक ब्याटिङसँगै यूएईले घरेलु टोली नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ ।

    images

    आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । १९ रनमा पहिलो विकेट गुमाएको यूएईका लागि महम्मद वसिम र भृत्य अरविन्दले ७९ रनको साझेदारी गरे ।

    बुधबार मात्र पपुवा न्यूगिनीविरुद्ध शतक बनाएका बसिमलाई १६.२ ओभरमा व्यक्तिगत ६३ रनमा आउट गरेपछि नेपालले खेलमा फर्किने संकेत दिएको थियो ।

    अरविन्दले एउटा एण्ड सम्हालेपछि नेपालले धेरै रन जोड्न दिएको थिएन र विकेट पनि लिएको थियो । पाँचौं विकेटका रुपमा रोहन मुस्तफा २० रनमा आउट हुँदा यूएईको स्कोर ३७.३ ओभरमा १७५ रन थियो । तर अरविन्द र आसिफ खानको जोडीले अन्तिम ६ ओभरमा विस्फोटक ब्याटिङ गर्दै १०२ रन थप्यो ।

    आसिफ खानले त छक्का र चौकाको वर्षा नै गरे । ४४ ओभर सकिँदा २० रन बनाएर खेलिरहेका उनले ४१ बलमा १०० रन पूरा गरे । सबभन्दा कम बलमा शतक पूरा गर्ने एशोसिएसट ब्याट्सम्यानको कीर्तिमान बनाएका उनी १०१ रनमा अविजित रहे ।

    अरविन्द भने ९४ रन बनाएर अन्तिम बलमा आउट भए । नेपालका सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कमीले १–१ विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # ३११ रनको विशाल लक्ष्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology