आश्विन ४, २०७७ आइतवार
•
१६:५६:४४ बजे
जीवन सापकोटा - सोच्छु पटक पटक ,अनि खोज्न थाल्छु आफ्नै मन भित्र प्रतेक मानिसरुले व्यक्त गर्ने राष्ट्रवादी कुराहरुको ।
उदेक लागेर आउँछ मलाइ म स्वयम म नै हो हामी होइन भन्न खोज्न चहानेहरुको भिड देख्दा । सायद हामी बिकशिल देशका नागरिक त भयर होइन हाम्रो सोचाइ पनि तेस्तै अबिकशीत भयको , लाग्छ अझै पनि हामी सबै आफ्नै बिचार ठिक छ भन्दै छौ ।
अर्कोले परिबर्तनको कुरा गर्दा साला त.... त दलाल होइनस र ! भन्ने सोचाइमा छौ । हुन त म पार्टीहरुलाई दोष थोपार्न चाहान्न किन भने सबै पार्टीले व्यक्त गरिएका बिचार त धेरै नै राम्रा हुन्छन। केबल कमि भयो त ब्यक्ति (प्रमुख) ले गर्ने निर्णयको शैली र कार्यान्वयनको परिपाटी । तेसै भित्र पनि गुट उपगुटको राजनीतिक बिचार र धरशायी बिचारका संरक्षककर्ता जस्तो सोचाइ भयका व्यक्तिहरुको समूह।
उनिहरुको आफ्नै आफ्नै खालको राष्ट्रवादी सोचाइ रहेको छ । देश निर्माणको कुरालाई मध्यनजर गर्ने हो भने तेरो पार्टीले के गर्यो ? भन्ने परिपाटी । हामी तेहि संस्कारमा त हुर्किएका हौ ,जहाँ बोल्दा बोल्दै अरुको बिचारको खण्डन हुने। हुन त एकाध दुई बाहेक सबै चरम भ्रष्टाचारको दलदलमा नै फसेको देख्न सकिन्छ । टनकपुर ,महाकाली देखि राष्ट्रिय कलकारखाना बन्दले यहि कुराको संकेत गर्दछ ।
हो उनीहरुलाइ नै जनताको माझमा सर्बेक्षण गर्नु होस । यो मेरो पाटी हो यहि मात्र ठिक छ भन्छन । चुनाब आउदा यो मेरो पाटी ,त्यो तेरो पाटी भन्ने प्रबृत्ति नै बेठिक हो कि ! जहाँ सम्म लाग्छ हामी राष्ट्रवादी हुन जरुरी छ जस्तो लाग्दैन मलाई राष्ट्रप्रेमी हुन सिक्नु पर्छ जस्तो लाग्छ । यहाँ त प्रतेक ब्यक्तिको प्रतेक बिचारको आफ्नै आफ्नै राष्ट्रवादी चिन्तन छ। प्रतेक ब्यक्तिले आफ्नै खालको रास्ट्रबादी बिचार बोकेको देख्छु अझै त दलाल राष्ट्रवादी चिन्तन ।जब सम्म हामी राष्ट्रप्रेमी हुदैनौ नि तब सम्म हामी गुलाम नै हो ।
तपाईंलाई यति पढ्दा सम्म लाग्यो होला ! म त गुलाम होइन अरु चाहिँ हुन है भन्ने भान हुन सक्छ । तपाई आफ्नो कामको निमित्त अरुको भर पर्नु पनि गुलामी नै हो। सोच बदलौ र बल्ल पो समाज बदलियला ,आफू बद्लैयौ र पो अरु बद्लियला ,सुरुवात आफैबाट सुरु गरौ ।
खोइ यहि गुलामीपनले नै गर्दा हामी सदियौ देखि यहि राजनीतिको चपेटामा थिचोलिदै आएका छौ । अझै पनि हामी भन्छौ मेरो पाटी जिन्दावाद ! तेस्को पाटी मुर्दाबाद ! खोइ कसैले मेरो देश जिन्दावाद भन्या छ ? पाटी भक्तहरु महोदय । लाग्दैन तेस्तो मलाइ ।
हाम्रो युगले परिबर्तन खोजेको छ, सफल नेतृत्वको चाहाना गरेको छ,युबा पुस्तालाई आह्वान गरेको छ, उठौ जागौ देश परिबर्तनको लागि आफ्नो ज्यान हत्केलामा राखौ । यहि जिन्दगी जिउनु भन्दा त बरु परिबर्तनको पक्षमा लागेर सहादत प्राप्त गर्न उचित हुनेछ। देशले तिमी खोजी रहेछ ,आउ पाटी भन्दा माथी उठौ देशको बारेमा सोचौ। एक क्रान्ती आबश्यक छ मेरो देशमा, देशका धमिराको अन्त्य र नयाँ सुनौलोको प्राप्तीको । निकम्मा सरकारको बिरुद्दमा जनआवाज उठाउ र अघि बडौ । जय मातृभूमि