Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

श्रम स्वीकृतिबारेको निर्णयले लाखौं श्रमिकमाझ खुसीको सञ्चार भयोः एनआरएनए

श्रम स्वीकृतिबारेको निर्णयले लाखौं श्रमिकमाझ खुसीको सञ्चार भयोः एनआरएनए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ५, २०७९ आइतवार • ११:३२:३१ बजे
  • 931
    SHARES
  • श्रम स्वीकृतिबारेको निर्णयले लाखौं श्रमिकमाझ खुसीको सञ्चार भयोः एनआरएनए

    गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दूतावासबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्थाको स्वागत गरेको छ ।

    images

    एनआरएनएले आइतबार विज्ञप्तिमार्फत सरकारले वैदेशिक रोजगारका लागि खाडी, मलेसिया र युरोप क्षेत्रमा दुई वर्षका लागि मात्र श्रम स्वीकृति दिने व्यवस्थालाई हटाउँदै गन्तव्य मुलुकस्थित नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था गरेको भन्दै स्वागत गरेको हो ।

    ‘वैदेशिक रोजगार विभागबाट हुँदै आएको पुनः श्रम स्वीकृतिको अधिकारलाई नेपाली दूतावासमा प्रत्यायोजन गरेसँगै श्रमिकले गन्तव्य मुलुकस्थित दूतावासबाट नै पुनः श्रम स्वीकृति लिन पाउने बाटो खुलेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै, दुई वर्षे करार पत्र पूरा भएपछि पुनः श्रम स्वीकृति लिनुपर्ने बाध्यकारी प्रावधानले नचाहँदा नचाहँदै स्वदेश फर्किनुपर्ने बाध्यता समेत हटेको छ । नेपाल सरकारको यस निर्णयले लाखौं श्रमिकमाझ खुसीको सञ्चार गरेको छ ।’

    विशेषतः युरोपेली मुलुक, जापान र परम्परागत खाडी र मलेसिया जाने कामदारलाई सरकारको यस निर्णयले प्रत्यक्ष लाभ पुग्ने विश्वास एनआरएनएको छ ।

    ‘श्रम स्वीकृति नभएका बेला भवितव्य परी मृत्यु भएका श्रमिकका परिवारले कानूनत: पाउने राहत, उद्धार लगायतका सुविधा समेत प्राप्त गर्न नसकिरहेको अवस्थामा नेपाल सरकारको यस निर्णयले अब उपरान्त कानुन बमोजिमका सम्पूर्ण सेवा सुविधा पाउने बाटो समेत खुला गरेको छ’, एनआरएनएले भनेको छ ।

    यसबाट रोजगारीका क्रममा मृत्युवरण गरेका सयौँ श्रमिकको शव व्यवस्थापनदेखि श्रम स्वीकृति नभएकै कारण मृतकका परिवारले पाउने राहत तथा सेवा सुविधा नपाउने अवस्थाको पनि अन्त्य हुने एनआरएनएको भनाइ छ । साथै, श्रम सम्झौता नवीकरण नगरेकै कारण अवैध र अलपत्र हुने क्रम पनि न्यूनीकरण हुने एनआरएनएको विश्वास छ ।

  • सम्बन्धित विषय:

  • # एनआरएनए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology