Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म मर्न तयार छु, तर मलाई पलपल नमारिदिनुस् : धुर्मुस्

म मर्न तयार छु, तर मलाई पलपल नमारिदिनुस् : धुर्मुस्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ७, २०७९ मंगलवार • १६:१५:२१ बजे
  • 529
    SHARES
  • म मर्न तयार छु, तर मलाई पलपल नमारिदिनुस् : धुर्मुस्

    कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले चितवनमा बनिरहेको क्रिकेट रंगशालाबारे सरकारकाले निर्णय गर्न ढिला हुँदा आफू रुँदै हिड्नुपरेको बताएका छन् ।

    images

    मंगलबार रंगशाला स्थलबाट सामाजिक सञ्जालमार्फत धुर्मुसले देशको लागि काम गर्दाको सजाय यति कठोर होला भन्ने आफुले कल्पनासमेत नगरेको बताए ।

    ‘देशका लागि काम गर्दाको सजाय यति कठोर होला भन्ने कल्पना समेत गरेको थिएन । म बिन्ती गर्छु, यदि मेरो खोट छ भने निर्णय होस्’, उनले भने ।

    सरकारलाई छिटो निर्णय गरिदिन आग्रह समेत गरेका छन् । उनले सरकारले निर्णय देला र हरहिसाब सार्वजनिक गरौंला भनेर बस्दाबस्दै डेढ वर्ष बितेको भन्दै एकपछि अर्को समिति बन्दा पनि निर्णय नभएको बताए ।

    धुर्मुसले भने, ‘सरकार भनेको अभिभावक हो, अभिभावकले सन्तानलाई माया दिन्छ होला भनेको, रुँदै हिँड्नुपरेको छ ।’ धुर्मुसले रंगशाला निर्माण गर्न सहयोग गर्नेहरुलाई पनि धन्यवाद पनि दिए ।

    ‘कोही कसैलाई हाम्रो हिसाब चित्त बुझेको छैन भने एक पटक रंगशाला आइदिनुस् । तपाईंले गरेको सहयोग बराबर संरचना बनेको ठह¥याएर म मर्न तयार छु । तर मलाई पलपल नमारिदिनुस् ।’

  • सम्बन्धित विषय:

  • # धुर्मुस्
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology