Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विवाहपश्चात पनि अभिनेत्रीहरूले सफलता प्राप्त गरे

विवाहपश्चात पनि अभिनेत्रीहरूले सफलता प्राप्त गरे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ८, २०७९ बुधवार • १०:३४:२४ बजे
  • 472
    SHARES
  • विवाहपश्चात पनि अभिनेत्रीहरूले सफलता प्राप्त गरे

    विवाहका लागि साइत जुर्नुपर्छ । तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन् । यद्यपि केही भने विवाहपश्चात् आफूलाई अब्बल सावित गर्दै अभिनेत्रीका रूपमा उचाइमा समेत पुगेका छन् । ‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि फिल्ममा काम पाइँदैन भन्ने बुझाइलाई समेत ती अभिनेत्रीले गलत सावित गरेका छन् ।

    images

    सदाबहार अभिनेत्रीको परिचय बनाएका करिश्मा मानन्धरले विवाहपश्चात् सफलता प्राप्त गरे । ‘कस्तुरी’ चलचित्र सुटिङका क्रममा निर्माता विनोद मानन्धरसँग उनको विवाह भएको थियो । विसं २०४६ मा निर्माण भएको ‘सन्तान’ बाट अभिनय यात्रा सुरु गरेका अभिनेत्री मानन्धर एक छोरीका आमासमेत हुन् । यद्यपि विज्ञापन, म्युजिक भिडियोमा समेत उनको व्यस्तता उस्तै छ ।

    विसं २०५२ मा निर्माण भएको ‘दाइजो’ मा छोटो भूमिकामा देखिएका अभिनेत्री झरना थापा २०५५ सालमा पति सुनिलकुमार थापाले निर्माण गरेको चलचित्र ‘धर्मसङ्कट’बाट आफूलाई स्थापित गर्न सफल भए । ‘मेरो चलचित्र यात्रामा ‘ए मेरो हजुर’को महत्त्व छ । यसमै अभिनय गरेपछि नयाँ उचाइ पाएँ ।

    यही नाममार्फत निर्देशनमा समेत मेरो उदय भयो’, अभिनेत्री थापाले भने, ‘आमा भएकै कारण दर्शक घट्ने वा चलचित्रमा काम नपाउने भएन । मैले छोरीलाई समय दिन सकिनँ भन्ने चाहिँ लाग्थ्यो ।’ अभिनेत्री रेखा थापाले विवाहपश्चात् प्राप्त गरेको सफलता उदाहरणीय नै छ । सञ्चिता लुइँटेल, प्रियङ्का कार्की, केकी अधिकारी, वर्षा राउत, स्वस्तिमा खड्का, आँचल शर्मा विवाहपश्चात् अभिनयमा सक्रिय छन् । ‘विवाहपश्चात् झनै स्वतन्त्र महसुस हुन्छ ।

    विवाह अगाडि घरबाट साथ भए पनि समाजको बुझाइमा फरक हुनेरहेछ । श्रीमानको साथले चलचित्रमा आफूलाई अगाडि बढाउन मद्दत गरिरहेको छ । म छोरी र बुहारीलाई सन्तुलन गरेर अभिनय यात्रामा छु’, अभिनेत्री शर्माले भने । उनले अभिनय गरेको ‘झिङ्गेदाउ’ यस वर्षको सुपरहिट भइसकेको छ भने ‘नाइ नभन्नु ल’ को छैटौँ शृङ्खला आउँदो वर्षको पहिलो दिन वैशाख १ मा प्रदर्शन हुँदैछ ।

  • सम्बन्धित विषय:

  • # सफलता प्राप्त गरे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology