Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बैदेशिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा योजनामा- कसरी आवद्ध हुने ?

बैदेशिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा योजनामा- कसरी आवद्ध हुने ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ८, २०७९ बुधवार • १३:५७:५१ बजे
  • 526
    SHARES
  • बैदेशिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा योजनामा- कसरी आवद्ध हुने ?

    वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकको सामाजिक सुरक्षा योजना लागू भएको छ । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्यको प्रारम्भ गरेको हो ।

    images

    वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गरिएको हो । इजरायलमा रहेकी मञ्जु थपलियाको पहिलो इनरोल रजिस्ट्रर गरिएको छ । प्रधानमन्त्री प्रचण्डले थपलियाका श्रीमान् पत्रकार गोपाल सङ्ग्रौलालाई कोषमा आबद्ध भएको परिचयपत्र हस्तान्तरण गरे ।

    वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गरिएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका करिब २२ लाख नेपाली श्रमिक लाभान्वित हुने अनुमान गरिएको छ ।

    कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा ३० अर्ब ८७ करोड योगदान रकम सङ्कलन भएको छ । कोषले योगदानकर्तालाई तीन अर्ब ८१ करोड दाबी भुक्तानी गरेको छ । विसं २०७५ मङ्सिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो ।

    कसरी आबद्ध हुने ?

    विदेशमा रहेका नेपालीले नेपालको बैङ्कमा पैसा पठाउन सक्नेछन् । नेपालबाट श्रम स्वीकृति लिएर जाने क्रममा उनीहरु अनलाइन मार्फत नै आबद्ध हुनेछन् । विदेशमा रहेकाले नवीकरण गर्दा पनि अनलाइनमार्फत आबद्ध हुनेछन् ।

  • सम्बन्धित विषय:

  • # कसरी आवद्ध हुने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology