Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एक दिवसीय क्रिकेटमा नेपाल १५औं स्थानमा उक्लियो

एक दिवसीय क्रिकेटमा नेपाल १५औं स्थानमा उक्लियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ८, २०७९ बुधवार • १६:४४:२१ बजे
  • 745
    SHARES
  • एक दिवसीय क्रिकेटमा नेपाल १५औं स्थानमा उक्लियो

    एक दिवसीय क्रिकेटमा नेपाल १५ औं स्थानमा उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको हो।

    images

    ओमानलाई पछि पार्दै नेपाल एक स्थान माथि उक्लिएको हो । नेपालले ४० खेलबाट १२३८ अंक पाएको छ । रेटिङमा नेपालले ३१ अङ्क पाएको छ । ओमानले ३० खेलबाट ९१९ अङ्क पाउँदा रेटिङमामा नेपालकै जति ३१ अङ्क पाएको छ।

    आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा एक महिनामा नेपालले १२ खेलमा ११ खेल जितेपछि १९औं स्थानबाट १७ औं, १६ औं हुँदै १५ औं स्थानमा उक्लिएको हो ।

    नेपाल भन्दापछि ओमान १६ औं, नामिबिया १७औं, अमेरिका १८औं, युएई १९ औं र पपुवा न्युगिनी २०औं स्थानमा छन् । नेपाल भन्दा अघि नेदरल्यान्ड्स १४औं, जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं स्थानमा छन् ।

    भारत पहिलो ,अष्टेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ । त्यस्तै पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौँ, बंगलादेश सतौँ, श्रीलंका आठौं, वेस्टइन्डिज नवौं, अफगानिस्तान दशौं र आयरल्यान्ड ११ औं स्थानमा छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology