Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ग्यास लिक भएमा के गर्ने ?

ग्यास लिक भएमा के गर्ने ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ९, २०७९ बिहिवार • ११:१९:२४ बजे
  • 520
    SHARES
  • ग्यास लिक भएमा के गर्ने ?

    पछिल्लो समय नेपालमा खाना पकाउन ग्यासको प्रयोग बढ्दो छ । माग बढेसँगै यसबाट घट्ने घटना पनि बढ्दै गएका छन् । ग्याँस लिक भएर आगलागी हुने, सिलिण्डर नै विष्फोट हुने घट्ना बढिरहेका छन् । जसका कारण मानिसको अंगभंग हुनेदेखि ज्यानै जाने गरेको छ ।

    images

    केहि समयअघि मात्रै नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीको काठमाडौंस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा सांसद भण्डारीका आमा हरिकलाको मृत्यु भयो भने गम्भीर घाइते भएका भण्डारी भारतमा उपचाररत छन् ।

    त्यसको केहि दिनमै दाङमा पनि सिलिण्डर विष्फोट हुुँदा दुई जना घाइते भए । ग्यास अति प्रज्वलनशील पदार्थ हो । यसको गन्धले ग्यास ‘लिक’ भएको थाहा पाउन सकिन्छ ।


    नेपाल ग्यासले सेफ्टी टिप्स जारी गर्दै ग्यासको प्रयोग गर्दा उच्च सावधानी अपनाउन आग्रह गरेको छ । यदि, ग्यास लिक भएमा पहिले रेगुलेटर र चुलोको नब बन्द गर्नुपर्छ ।

    यस्तै, झिल्का आउने वस्तु जस्तै : बिजुलीका उपकरण, स्वीच आदि कुनै हालतमा चलाउन नहुने नेपाल ग्यासले जनाएको छ ।
    ग्यास लिक भएमा रेगुलेटर छुटाएर सिलिन्डरको भल्बमा सेफ्टी क्याप लगाई सिलिन्डर खुला ठाउँमा राख्नुपर्नेलगायत सावधानी अपनाउनुपर्ने नेपाल ग्यासले जनाएको छ ।

    ग्यास लिक भएमा के गर्ने ?.


    १. पहिले रेगुलेटर र चुलोको नब बन्द गर्नुहोस् ।
    २. आगोको स्रोतहरू जस्तै : मैनबत्ती, दियो, धूप, सलाई आदि नबाल्नुहोस्, निभाउनुहोस् ।
    ३. झिल्का आउने वस्तु जस्तै : बिजुलीका उपकरणहरू, स्वीच आदि कुनै हालतमा पनि नचलाउनुहोस् ।
    ४. झ्याल र ढोका खुला राख्नुहोस् ।
    ५. रेगुलेटर छुटाएर सिलिन्डरको भल्बमा सेफ्टी क्याप लगाई सिलिन्डर खुला ठाउँमा राख्नुहोस् ।
    ६. तुरुन्त आफ्नो नजिकको ग्यास विक्रेता वा प्लान्टमा सम्पर्क गर्नुहोस् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology