Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

क्रिकेट प्रशिक्षकको तलब २० प्रतिशतले बृद्धि

क्रिकेट प्रशिक्षकको तलब २० प्रतिशतले बृद्धि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ९, २०७९ बिहिवार • १२:५२:०० बजे
  • 904
    SHARES
  • क्रिकेट प्रशिक्षकको तलब २० प्रतिशतले बृद्धि

    नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग २ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि क्यानले भारतीय प्रशिक्षक मोन्टी देसाइको मासिक तलव नियुक्त भएको दुई महिना नपुग्दै २० प्रतिशतले बढाएको हो ।

    images

    यसअघि मासिक १० हजार डलर पाउने सम्झौता रहेकोमा अब उनले मासिक १२ हजार डलर (करिब १६ लाख रुपैयाँ) पाउने छन् ।

    आउँदो अप्रिल १ बाट उनको नयाँ तलबमान कार्यान्वयन हुने बताइएको छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले यसअघि सम्झौता गर्दा नै नेपालले एक दिवसीय मान्यता जोगाउन सफल भएको खण्डमा तलब बढाउने समझदारी रहेको बताए । गत माघ २३ गते देसाइलाई क्रिकेट संघले प्रमुख प्रशिक्षकमा नियुक्ति गरेका थियो ।

    देसाइको प्रशिक्षणबाट नेपालले घरेलु मैदानमा २ वटा र यूएईमा एउटा एक दिवसीय शृङ्खला खेलेको छ । घरेलु मैदानमा भएका दुवै श्रृङ्खला नेपालले क्लीन स्वीप गर्न सफल भयो ।

    यसैगरी यूएईमा भएका ४ म्याच मध्ये तीनवटा नेपालले जितेको थियो । समग्रमा देसाइको प्रशिक्षणमा नेपालले खेलेका १२ खेलमा ११ वटामा जित हासिल गरेको छ ।

    यही प्रदर्शनको बलमा नेपालले जिम्बाबेमा हुने विश्वकप क्वालिफायर्समा स्थान पक्का गरेको हो । राष्ट्रिय टोलीले चमत्कारिक प्रदर्शन गर्दै दुई महत्त्वपूर्ण सफलता हासिल गरेपछि क्रिकेट समर्थकहरूमाझ देसाइ लोकप्रिय बनिरहेका छन् । क्यानले पनि छिट्टै तलव बढाएर उनलाइ पुरस्कृत गरेको छ ।

  • सम्बन्धित विषय:

  • # २० प्रतिशतले बृद्धि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology