Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा एकैदिन १७ जनामा कोरोना संक्रमण देखियो

नेपालमा एकैदिन १७ जनामा कोरोना संक्रमण देखियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ९, २०७९ बिहिवार • २०:५८:२३ बजे
  • 790
    SHARES
  • नेपालमा एकैदिन १७ जनामा कोरोना संक्रमण देखियो

    नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ ।

    images

    शून्यमा झरेको सङ्क्रमण बिहीबार एकैदिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबर एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ ।

    चैत ७ र चैत ८ गते भने शून्य सङ्क्रमित रहेका थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो । सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ ।

    बिहीबार ३० जना सक्रिय सङ्क्रमित रहेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बताए ।

    ‘भारतमा सङ्क्रमण बढिरहेको छ । भारतबाट सङ्क्रमित नेपाल आइरहेका छन्’ उनले भने, ‘हिजोमात्र सीमानाकाबाट सात सङ्क्रमित नेपाल आएका छन् ।’

    उनले खुला सीमाबाट सङ्क्रमित नेपाल आइरहेकाले सीमानाकामा परीक्षणलाई कडाइ गरिएको बताए । उनले जनस्वास्थ्यका मापदण्ड र अतिरिक्त खोप लगाउन आग्रह गरे ।

    मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण देखियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology