Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

‘मेरोमा नग्न तस्बिर आउन थाल्यो, कि मलाई सफाइ देऊ कि सजाय:सुन्तली

‘मेरोमा नग्न तस्बिर आउन थाल्यो, कि मलाई सफाइ देऊ कि सजाय:सुन्तली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १०, २०७९ शुक्रवार • ११:३३:४८ बजे
  • 4.8K
    SHARES
  • ‘मेरोमा नग्न तस्बिर आउन थाल्यो, कि मलाई सफाइ देऊ कि सजाय:सुन्तली

    कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफ्नो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको बताएकी छिन् । 

    images

    उनले आफूमाथि विभिन्न तुच्छ गालीको समेत बर्सात भएको भन्दै आफ्नो मन दुखेको बताएकी छिन् । कुञ्जनाले आफ्नो फेसबुक पोस्टमा लेखेकी छिन्, ‘अबको हरेक वार्ता खुलेआम रङ्गशाला मैदानमा गरियोस् नाकी बन्द कोठामा ।

    मलाई मेरो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको छ । विभिन्न तुच्छ गालीको बर्सात भइरहेको छ ।’ उनले राज्यसँग चित्त दुखाउँदै भनेकी छिन्, ‘म पनि मान्छे हुँ । धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।’

    उनले धुर्मुसजस्तै आफू पनि मानसिक यातनाले विक्षिप्त भएको बताएकी छिन् । उनी लेख्छिन्, ‘धुर्मुस जीले केही समय धैर्य गर भन्दै गर्दा यत्तिका समय सुन्नै नसकिने शब्दहरूका गाली गलौच सहँदै आएँ र आज म मानसिक यातनाले विक्षिप्त भएको छु ।’

    ‘अब सुन्ने र सहने शक्ति छैन ममा । कि मलाई सफाइ देऊ कि सजाय, तर जे गर्छौ छिटो गर,’ उनले अन्तिममा लेखेकी छिन् ।

    हाल धुर्मुस–सुन्तली गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा अनियमितता गरेको भन्दै सर्वत्र विरोधको केन्द्रमा छन् ।

  • सम्बन्धित विषय:

  • # मलाई सफाइ देऊ कि सजाय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology