Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कोशी खारेज’आन्दोलनका घाइते लिम्बूको मृत्यु

कोशी खारेज’आन्दोलनका घाइते लिम्बूको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १०, २०७९ शुक्रवार • १२:४८:४९ बजे
  • 775
    SHARES
  • कोशी खारेज’आन्दोलनका घाइते लिम्बूको मृत्यु

    कोशी प्रदेश नाम खारेजी विरुद्धको आन्दोलनमा घाइते भएका पदम लिम्बू लागेहाङको मृत्यु भएको छ ।

    images

    प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते भएका धरान–१५ का लिम्बूको आज (शुक्रबार) बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

    टाउकोमा चोट लागेर घाइते भएका उनलाई हिजो राति अचानक बेहोस भएपछि बिपी प्रतिष्ठानको आइसियुमा भर्ना गरिएको थियो । चिकित्सकरुका अनुसार उनको टाउकोमा रगत जमेको थियो ।

    गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएको उनको उपचारका क्रममा बिहान २ : ३० बजे नै मृत्यु भएको हो । यसैबीच प्रदेश नं १ को पुनः नामांकन संयुक्त संघर्ष समितिले लिम्बूलाई सहिद घोषणा गर्न माग गरेको छ ।

    समितिले विज्ञप्ति जारी गर्दै थप उपचारका लागि हेलिकोप्टर चार्टर गरी काठमाडौँ लैजाने तयारी भइरहेको अवस्थामा लिम्बूले वीरतापूर्ण मृत्युवरण गरेको भन्दै उजनलाइ शहीद घोषणा गर्न माग गरेको हाे । साथै समितिले लिम्बूको हत्याको जिम्मा कोसी नाम राख्ने ८२ जना सांसद, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवं नेपाल प्रहरीले लिुनपर्ने बताएको छ ।

    ‘लाजेहाङको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढंगले कोसी नाम राख्ने ८२ जना सांसदहरू, पर्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवं नेपाल प्रहरीले लिुन पर्दछ, ’ विज्ञप्तिमा उल्लेख छ ।

    लिम्बुको हत्याको अनुसन्धान गर्न छानविन आयोग गठन गर्न समेत माग गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # घाइते लिम्बूको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology