Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

देशभर करिब पौने ५ लाख घर खाली

देशभर करिब पौने ५ लाख घर खाली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १०, २०७९ शुक्रवार • १९:३६:१२ बजे
  • 916
    SHARES
  • देशभर करिब पौने ५ लाख घर खाली

    नेपालमा देशभर करिब पौने ५ लाख घर खाली अवस्थामा रहेको पाइएको छ ।

    images

    राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसारमा नेपालमा ७५ लाख ५२ हजार ६६ घरमध्ये ४ लाख ७२ हजार ५ सय १६ (६.३ प्रतिशत) घर खाली देखिएका छन् ।

    जनगणना विवरण अनुसार खाली घरमध्ये पहाडमा आधाभन्दा धेरै देखिन्छन् ।

    पहाडी क्षेत्रमा २ लाख ६० हजार ९ सय १६ (५५.२ प्रतिशत) घर खाली छन् । यस्तै हिमालमा ५९ हजार ९४२ (११.७ प्रतिशत) घर खाली भने तराईमा १ लाख ५१ हजार ६५८ (४.१ प्रतिशत) घर खाली छन् ।

    पालिका अनुसार हेर्ने हो भने नगरपालिकामा खाली घरको संख्यामध्ये २ लाख ५७ हजार ११२ (५.४ प्रतिशत ) घर खाली छन् भने गाउँपालिकामा २ लाख १७ हजार ४ सय ३६ (४६ प्रतिशत) घर खाली देखिन्छन् ।

    प्रदेश अनुसार खाली घर मध्ये सबैभन्दा धेरै घरखाली बागमती प्रदेशमा देखिन्छ । जहाँ ३० दशमलव २ प्रतिशत घर खाली छन् । सबैभन्दा कम मधेश प्रदेशमा ४ प्रतिशत घर खाली देखिन्छ ।

  • सम्बन्धित विषय:

  • # ५ लाख घर खाली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology