Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाघको आक्रमणबाट एक जना घाइते

बाघको आक्रमणबाट एक जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ११, २०७९ शनिवार • १०:०१:११ बजे
  • 796
    SHARES
  • बाघको आक्रमणबाट एक जना घाइते

    पर्सामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् ।

    images

    पटेर्वासुगौली गाउँपालिका-२ निवासी सुदामा महतो बाघको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।

    दाउरा लिन जंगलमा गएको समयमा महतोलाई बाघले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

    महतोको घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ । गम्भिर घाइते महतोलाई श्रीपुर पँचगावास्थित गादीमाई पोलिक्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा रिफर गरिएको छ ।

    पटेर्वासुगौली वडा नम्बर २ का अध्यक्ष बिजय गैह्रेले एम्बुलेन्सको व्यवस्था गर्नुको साथै थप उपचारका लागि पैसासमेत दिएर वीरगञ्ज पठाईएको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # बाघको आक्रमण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology