Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दुईवटा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

दुईवटा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ११, २०७९ शनिवार • १३:५१:५५ बजे
  • 991
    SHARES
  • दुईवटा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

    धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा शनिबार बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको घटनस्थलमै मृत्यु भएको छ ।

    images

    पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नम्बरको ट्रक ठोक्किएर दुर्घटना हुँदा सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

    सो दुर्घटनामा सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका छन् ।

    घाइतेको ढल्केवर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ३ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology