Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १२, २०७९ आइतवार • १४:४२:३१ बजे
  • 577
    SHARES
  • ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

     एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचेका छन् ।

    images

    गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज एक्कासी तल आएपछि १५ हजार फिटको उचाइमा रहेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो । तर, एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले नेपाल एयरलाइन्सको जहाजलाई १३ हजार ५ सय फिटको उचाइमा झर्न लगाएपछि सम्भावित दुर्घटना टरेको थियो ।

    एक्कासी १९ हजारफिटबाट तल झरेको एयर इण्डियाको जहाजलाई १६ हजार फिटको उचाइमा चढ्न लगाइएको थियो । एयर इण्डियाको जहाज एक्कासी तल आएपछि दुवै जहाजको ककपिटमा रहेको (ट्राफिक कोलिजन अभोइन्डेन्स सिस्टम ‘टिकास’)ले सचेत गराएको थियो ।

    सिमराको आकाशमा होल्ड गरिरहेका यी दुई जहाजबीच आवश्यक दुरी कायम नगरेको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले छानविन सुरु गरेको छ । छानविन पूरा भई प्रतिवेदन नआएसम्मका लागि एयर ट्राफिक कन्ट्रोलरको भूमिकामा रहेका एटीसीलाई ‘एक्टिभ ड्यूटी’बाट हटाइएको छ ।

    यो घटनापछि एयर इण्डियाका पाइलटलाई कारवाही गर्न त्यहाँको नागरिक उड्डयन प्राधिकरणलाई नेपालको नागरिक उड्डयन प्राधिकरणले पत्र लेखेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका कारण विदेशी पाइलटलाई नेपालमा कारवाही गर्न सक्ने प्रावधान छैन । सोहीकारण यसबारे प्राधिकरणले पत्र लेखेको हो ।

    यस घटनामा सो समयमा ड्यूटीमा रहेका एटीसीलाई भने तत्काल काममा नलगाउने गरी ड्यूटी ‘अफ’ गरिएको उनले जानकारी दिए । ‘यस घटनामा दोष कसको हो भन्नेबारे हामी अनुसन्धान गर्छौं,’ उनले भने, ‘त्यसपछि निर्णय हुन्छ ।’ सामान्यतया आकाशमा दुई जहाज बीचको दुरी १ हजार फिट हुनु पर्छ ।

    त्यो भन्दा नजिक आउँदा जहाजमा रहेको टिकासले सचेत गराउने गर्छ । यस्तो घटना केही समय अगाडि काठमाडौं नजिकैको आकाशमा समेत भएको थियो । सो घटनामा कतार एयरवेजका पाइलटको दोष देखिएपछि प्राधिकरणले कारवाही गर्न सम्बन्धित मुलुकको नियामक निकायमा पत्राचार गरेको छ ।

  • सम्बन्धित विषय:

  • # एयरलाइन्सका जहाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology