Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

आइपिएल क्रिकेट सुपर ओभरमा पञ्जाबविरुद्ध दिल्लीको जित

आइपिएल क्रिकेट सुपर ओभरमा पञ्जाबविरुद्ध दिल्लीको जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०७७ सोमवार • ०८:१७:३१ बजे
  • 1.1K
    SHARES
  • आइपिएल क्रिकेट सुपर ओभरमा पञ्जाबविरुद्ध दिल्लीको जित

    एजेन्सी। दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको छ ।

    सुपर ओभरमा दिल्लीका लागि कगिसो रबाडाले बलिङ गर्दा केएल राहुल र निकोलस पुरन ब्याटिङमा आएका थिए । राहुलले पहिलो बलमा २ रन जोडेपनि दोस्रो बलमा क्याचआउट भए । त्यसपछि अर्को बलमा नै रबाडाले पुरनलाई बोल्ड गरे ।

    images
     

    जम्मा ३ रनको लक्ष्य पाएको दिल्लीले दिल्लीले ऋषभ पन्त र श्रेयस ऐयरलाई ब्याटिङमा पठाएको थियो । मोहमद शामीले पहिलो बल बाउन्सरमा डट राखेपनि दोस्रो बल भने वाइड फ्याँके । पन्तले दोस्रो बलमा २ रन जोड्दै दिल्लीलाई विजयी सुरुवात दिलाए ।

    त्यसअघि जितका लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले पुरै २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा दिल्लीले आफ्नो जित सुनिश्चित गर्यो ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology