Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भिरबाट लडेर म्याग्दीमा दुई जनाको मृत्यु

भिरबाट लडेर म्याग्दीमा दुई जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १३, २०७९ सोमवार • १६:२२:५३ बजे
  • 2.1K
    SHARES
  • भिरबाट लडेर म्याग्दीमा दुई जनाको मृत्यु

    म्याग्दीको धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

    images

    धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नं ७ को धारापानीमा ढुङ्गाले लागेर एक÷एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी नायव उपरीक्षक मदन कुँवरले दुवै जनाको शव आइतबार राति परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको जानकारी दिए ।

    मराङको राम्चेदेखि बुल जाने क्रममा नामरुकको भिरको सडकको डिलबाट खसेर आइतबार दिउँसो जेवाङ टोलका अन्दाजी ५२ वर्षका सङबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    धारापानी सामुदायिक वनको पात्लापाखा भिरमा घाँस काट्न गएका धारापानीका ६८ वर्षीय लालु थापालाई सडक निर्माणका क्रममा डोजरले फालेको ढुङ्गाले लागेर शनिबार मृत्यु भएको थियो ।

    साँझ घर नआएपछि खोज्न गएका स्थानीयवासीले शनिबार राती थापालाई भिरमा मृत फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

    दरबाङ–धारापानी सडक आयोजनाको निर्माण कम्पनीको डोजरले सडक विस्तारका क्रममा फालेको ढुङ्गाले घाँस काट्न गएका थापालाई चोट लागेको मृतकका आफन्तको दावी छ ।

    मृतकका आफन्तले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको र दुवै शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक कुँवरले बताए ।

  • सम्बन्धित विषय:

  • # दुई जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology