Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तीनदेखि सात दिनभित्र लाइसेन्स वितरण

तीनदेखि सात दिनभित्र लाइसेन्स वितरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १३, २०७९ सोमवार • १६:४१:२५ बजे
  • 829
    SHARES
  • तीनदेखि सात दिनभित्र लाइसेन्स वितरण

    सवारी अनुमति पत्र (लाइसेन्स) को पर्खाइमा बसेका सवारी चालकले अबको ८ महिनापछि सहज ढंगबाट पाउने भएका छन्।

    images

    सरकारले अर्को प्रिन्टिङ मेसिन खरिद नै गरेर लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन लागेको हो।

    उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना तीन दिन पुरा गरेपछि आफूले गरेका कामको फेहरिस्त सार्वजनिक गर्ने क्रममा उक्त जानकारी दिएका हुन्।

    उनले हरेक दिन दैनिक ६ हजारको सङ्ख्यामा लाइसेन्स प्रिन्ट भएर वितरण गरिए पनि पछिल्लो लोडका कारण वितरण प्रभावकारी नभएको बताए। उनले भने,‘ विगतमै पेन्डिङ रहेका ८ लाख लाइसेन्स प्रिन्ट हुँदै वितरण गरिएको छ। यसरी भएन भनेर अर्को प्रिन्टिङ मेसिन खरिद गर्ने गृहकार्य सुरु भएको छ।

    ८ महिना पछि तीनदेखि सात दिन भित्र सेवाग्राहीले लाइसेन्स पाउँछन्।’ मेसिन खरिदका लागि सूचना प्रकाशित भइसकेको र अब टेन्डरमा गएपछि खरिद प्रक्रियालाई अगाडी बढाइने जानकारी श्रेष्ठले दिए।

    मन्त्रालयले सोझै खरिद गर्न सार्वजनिक खरिद ऐनले रोक्ने भएपछि टेन्डरमा जानुपरेको जिकिर उपप्रधानमन्त्री श्रेष्ठले गरे। उनले भने,‘ प्रधानमन्त्रीज्यूसँग पनि सल्लाह गरेरै मेसिन खरिदको प्रक्रिया अगाडी बढाइएको छ।

    अर्थले बजेट निकासा गरेपछि थप काम अगाडी बढ्छ।’ अहिले लाइसेन्स पाउन सेवाग्राहीले महिनौँ कुर्नुपर्ने बाध्यता छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology