Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नौवटा बम सेनाद्वारा निष्क्रिय

नौवटा बम सेनाद्वारा निष्क्रिय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १३, २०७९ सोमवार • २०:१०:०६ बजे
  • 490
    SHARES
  • नौवटा बम सेनाद्वारा निष्क्रिय

    पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा बम फेला परेका नौवटा बमलाई आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले कावासोती–१ मा रहेको नेपाली सेनाको २ नं वन तथा पर्यावरण सुरक्षा गण हात्तीखोरको टोली बम फेला परेको स्थानमा पुगेर सबै बमलाई निष्क्रिय पारेको जानकारी दिए ।

    प्रहरी प्रमुख तिवारीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले आइतबार फेला परेका ८१ एमएम मोटरको बमलाई निष्क्रिय पारेको हो । आइतबार बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए ।

    स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले जङ्गल नजिकै रहेको बारीमा ती बमका गोला देखेका थिए । जङ्गलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम देखिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology