Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

विदेशमा रहेका नेपालीलाई आजबाट स्वास्थ्य परामर्श सेवा

विदेशमा रहेका नेपालीलाई आजबाट स्वास्थ्य परामर्श सेवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १५, २०७९ बुधवार • १०:०३:१५ बजे
  • 307
    SHARES
  • विदेशमा रहेका नेपालीलाई आजबाट स्वास्थ्य परामर्श सेवा

    सरकारले विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा दिँदैछ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज बिहान १० बजेबाट स्वास्थ्य परामर्श सेवा दिन लागेको हो ।

    images

    वैदेशिक रोजगारीमा रहेका नेपालीले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकहरूबाट जानकारी पाउने भएका छन् ।

    नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर कुनै पनि स्वास्थ्य समस्याको बारेमा प्रवद्र्धनात्मक सेवा दिने उद्देश्यले यो सेवा सुरु गर्न लागिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

    बोर्डले यो वर्ष अनलाइनमार्फत सेवा दिने बताएको छ । सेवा प्रभावकारी भए अर्को वर्षदेखि गन्तव्य मुलुकमा नै गएर सेवा दिने योजना बोर्डको योजना रहेको छ ।

    यो सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हवाटस एप वा इमो लगायतका सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology