Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पेटभित्र रक्सीको बोतल भेटिएका युवक भन्छन् : डा. नारायण सर मेरो लागि भगवान् कै रूप थिए

पेटभित्र रक्सीको बोतल भेटिएका युवक भन्छन् : डा. नारायण सर मेरो लागि भगवान् कै रूप थिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १६, २०७९ बिहिवार • ०९:५८:२६ बजे
  • 1.3K
    SHARES
  • पेटभित्र रक्सीको बोतल भेटिएका युवक भन्छन् :  डा. नारायण सर मेरो लागि  भगवान् कै रूप थिए

    पेटभित्र रक्सीको बोतल भेटिएका रौतहटको एक युवक (नाम गोप्य राखिएको)ले पीडा सहन नसकेर मर्न पाए हुन्थ्यो जस्तो भएको बताएका छन् ।

    images

    कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (सिएमएस) पुरानो मेडिकल कलेजबाट आज डिचार्ज हुनु अघि कुरा गर्दै उनले भने, “यति असह्य पीडा भयो कि बरु मर्न पाए आनन्द हुन्थ्यो होला जस्तो लागेको थियो ।”

    उनले सिएमएसका डा.नारायण बेलबासे आफूलाई मृत्युको मुखबाट बचाएको भन्दै आफ्ना लागि भगवान् भएको बताए । उनले भने, “मेरो लागि डा. नारायण सर भगवान् कै रूप थियो ।

    गत फागुन तेस्रो साता उनी सो अस्पतालमा भर्ना भएका थिए । मदिराको सुरमा बोतल नै खाएपछि अस्पताल आउँदा बोतलको आधा भाग पेटभित्र र आधा भाग ठूलो आन्द्राभित्रै रहेको थियो ।

    बोतलको टुप्पो आन्द्रा फुटालेर बाहिर निस्किएको थियो। पेटभित्र दिसा फैलिएर आन्द्राहरू सबै सुन्निइसकेका थिए। डा. बेलबासेको टिमले पेटभित्रको बोतल अपरेसन गरेर निकालेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology