Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

साउदी अरेबिया पुगेका युवा काम नपाउँदा अलपत्र

साउदी अरेबिया पुगेका युवा काम नपाउँदा अलपत्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १६, २०७९ बिहिवार • १०:०८:३७ बजे
  • 1.1K
    SHARES
  • साउदी अरेबिया पुगेका युवा काम नपाउँदा अलपत्र

    वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबिया पुगेका युवा अलपत्र परेका छन् ।

    images

    रोजगारीका लागि ऋण काढेर गत जनवरी २१ मा (माघ ७ गते) साउदी अरेबिया पुगेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका विनोद राईलगायतका युवा काम र दाम नपाउँदा अलपत्र परेका हुन् ।

    श्रम गन्तव्य मुलुकमा पुगेको दुई महिना बितिसक्दा समेत रोजगार विहीन बनाइएको राईले गुनासो गरेका छन् । राई लगायतका युवा इन्नोभेटिभ ह्युमन रिसोर्स डेभलपमेन्ट प्रालि, काठमाडौंमार्फत साउदी अरेबियाको नास म्यानपावर सोलुसन कम्पनीमा पुगेका थिए । उनीहरू मासिक एक हजार साउदी रियाल पाउने सम्झौतामा लेबरका रूपमा नास म्यानपावर सोलुसन कम्पनीमा पुर्‍याइएका हुन् ।

    हाल होटेल किचन वर्करका रूपमा काम लगाइएका उनीहरूको सामान्य: खाने र बस्ने व्यवस्था भने नास म्यानपावर सोलुसन कम्पनीले नै मिलाएको छ । रोजगारका लागि कम्पनीलाई कुरा गर्दा म्यानपावरलाई कुरा गर्न लगाउने गरेको पीडित युवाले बताएका छन् । ‘म्यानपावरको हुँ भन्ने प्रकाश पन्थीलाई एक लाख ३७ हजार तिरेर साउदी अरेबिया पुगेका हौँ ।

    रोजगारी देऊ भनेर कुरा राख्दा नेपालको म्यानपावरसँग कुरा गर भन्छ,’ राईले भने, ‘म्यानपावरमा कुरा गर्दा फोन रिसिभ हुँदैन । प्रकाश पन्थीले मैले काम छाडेर बङ्गुर पालनमा लागिसकेँ भन्छ । हामीमाथि सरासर ठगी गरिएको छ ।’ काम र दाम विहीन बनाइएका १०-१५ जना युवालाई अल्खारेजमा राखिएको छ ।

    उनीहरूका अनुसार काम र दाम नपाउँदा साउदी अरेबियामा सयौँ युवा अलपत्र छन् । अलपत्र युवा उद्धारको प्रतीक्षामा छन् । अलपत्र युवाका आफन्तले उद्धारका लागि वैदेशिक रोजगार विभागलाई गुहार्ने तयारी थालेका छन् ।

    उद्धारका लागि वैदेशिक रोजगार विभागमा पुग्दा म्यानपावरको कार्यालयमा पठाएको आफन्त रोमन राईले बताए ।

  • सम्बन्धित विषय:

  • # काम नपाउँदा अलपत्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology