Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

वडा अध्यक्ष ५० हजार घुससहित पक्राउ

वडा अध्यक्ष ५० हजार घुससहित पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १६, २०७९ बिहिवार • १६:१९:५६ बजे
  • 700
    SHARES
  • वडा अध्यक्ष ५० हजार घुससहित पक्राउ

    शुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना ५० हजार घुस रकमसहित पक्राउ परेका छन् ।

    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले वडाअध्यक्ष भीमबहादुर यादव र प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि मरासिनीलाई घुस रकमसहित पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बिचौलिया विनोद भरसमेत छन् । गिट्टी बालुवा उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन् ।

    अख्तियारको टोलीले गाउँपालिकाको चमेना गृहबाट विहान साढे ११ बजे उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology