Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दार्चुला र कपिलवस्तुमा ४ जना मृत फेला

दार्चुला र कपिलवस्तुमा ४ जना मृत फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १६, २०७९ बिहिवार • १९:२५:१० बजे
  • 439
    SHARES
  • दार्चुला र कपिलवस्तुमा ४ जना मृत फेला

    बिहीबार देशका विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला परेका छन् ।

    images

    नेपाल प्रहरीको दैनिक समाचार बुलेटिनअनुसार चितवन, काठमाडौँ, दार्चुला र कपिलवस्तुमा ४ जना मृत फेला परेका हुन् ।

    बुलेटिनका अनुसार चितवनको माडी नगरपालिका–९ टमट्टा बस्ने ४७ वर्षीय शिवप्रसाद भण्डारी मृत फेला परेका छन् ।

    उनी आफ्नै बारीमा मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै काठमाडौँको नागार्जुन नगरपालिका–२ सानोभर्‍याङमा पनि एक पुरुष मृत अवस्थामा भेटिएका छन् । नागार्जुनको लाली गुरासटोल बस्ने ५५ वर्षीय प्रदीप सेरचन आफ्नै घरमा मृत फेला परेका हुन् ।

    उता दार्चुलाको ब्यास गाउँपालिका–६ मा एक युवक मृत फेला परेका छन् । ब्यासको बडुघाटस्थित महाकाली नदी किनारमा ती युवक मृत फेला परेको प्रहरीको भनाई छ ।

    मृत फेला परेका अन्दाजी ३० वर्षीय ती युवकको पहिचान भएको छैन । त्यस्तै कपिलवस्तुमा पनि एक ६० वर्षीय पुरुष मृत फेला परेका छन् ।

    जिल्लाको यसोधरा गाउँपालिका–२ सोनवर्षीस्थित आँपको बगैचामा अन्दाजी ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । मृत फेला परेका ती पुरुषको पनि नाम, थर र वतन पहिचान भैनसकेको प्रहरीले जनाएको छ ।

    सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

  • सम्बन्धित विषय:

  • # ४ जना मृत फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology