Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

हिमालय एयरलाइन्सका तीन ‘क्याबिन क्रु’ बर्खास्त

हिमालय एयरलाइन्सका तीन ‘क्याबिन क्रु’ बर्खास्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १७, २०७९ शुक्रवार • ११:०५:२९ बजे
  • 481
    SHARES
  • हिमालय एयरलाइन्सका तीन ‘क्याबिन क्रु’ बर्खास्त

    नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सका तीन जना क्याबिन क्रुलाई बर्खास्त गरेको छ ।

    images

    हवाई उडान मापदण्ड उल्लंघन गरेको भन्दै प्राधिकरणले हिमालय एयरलाइन्सका चालक दललाई बिहीबार बर्खास्त गरेको हो ।

    प्राधिकरणले सामाजिक सञ्जाल ट्वीटरमार्फत ती क्याबिन क्रुहरुले उडानभित्रको फोटोग्राफी र भिडियोग्राफीमा क्यानको मापदण्डको गम्भीर उल्लङ्घन गरेको आरोप लगाएको छ ।

    उड्डयन मापदण्ड अनुसार उडिरहेको जहाजमा क्याबिन क्रुहरुले फोटो तथा भिडियो खिच्न पाइँदैन ।

    यद्यपि, बर्खास्तीमा परेका ती क्याबिन क्रुहरुको परिचय भने प्राधिकरणले गोप्य राखेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology