Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १७, २०७९ शुक्रवार • १३:३०:१६ बजे
  • 628
    SHARES
  • छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

    सुर्खेत र गोरखामा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना दुईजनाको मृत्यु भएको छ ।

    images

    सुर्खेतको विरेन्द्रनगर नगरपालिका ७ शिवालय चोकमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार एकजना घाइते भएका छन् ।

    सुर्खेतकै वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडाका २४ वर्षीय सुदिप चौधरीको मृत्यु भएको हो । घाईते भएका उनलाई उपचारको लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो ।

    घाइते भएका पछाडी सवार बाँकेको बैजनाथ गाउँपालिका ३ का २२ वर्षीय सुशील चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । कर्णाली प्रदेश ०२–००१ प ४९८७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिएको थियो ।

    मृतक र घाईते दुबै जना नेपाल आर्मीका सैनिक जवान रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । गोरखाको भिमसेनथापा गाउँपालिका १ निवेलमा मोटरसाईकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सप्तरीको कृष्णसरवण गाउँपालिका २ का २३ वर्षीय लक्ष्मीकान्त चौधरी रहेका छन् ।

    घ्याम्पेसालबाट निवेलतर्फ जाँदै गरेको भे ६ प ७४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरी चौकी घ्याम्पेसालले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology