Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कालिका कपको उपाधि नेपाल पुलिस क्लबलाई

कालिका कपको उपाधि नेपाल पुलिस क्लबलाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १७, २०७९ शुक्रवार • १९:४३:४० बजे
  • 529
    SHARES
  • कालिका कपको उपाधि नेपाल पुलिस क्लबलाई

    चैते दसैँ मेलाका अवसरमा बागलुङमा आयोजित सर्वाधिक राशिको ‘कालिका भलिबल कप’ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिस क्लबले घुम्टे गलकोटलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

    images

    शुक्रबार बालिका बाल उद्यानमा भएको खेलमा पुलिस क्लबले दोस्रो २५–१८, चौथो २५–२३ र पाँचौँ सेट १५–९ ले जित्यो । पहिलो र तेस्रो सेट घुम्टे गलकोटले जितेको थियो ।

    प्रतियोगितामा विजेता बनेको नेपाल पुलिस क्लबले रु तीन लाख र उप–घुम्टे गलकोटले रु एक लाख पचास हजार हात पारेका छन् । यही चैत १३ गतेदेखि सञ्चालन भएको खेल शुक्रबार दिउँसो सकिएको हो ।

    भलिबल प्रतियोगितामा देशभरबाट १३ समूहको सहभागिता रहेको चैते दसैँ मेला भलिबल खेलका व्यवस्थापक किशोर छन्त्यालले जानकारी दिनुभयो । चैते दसैँका अवसरमा हरेक वर्ष यहाँ ठूलो मेला लाग्ने गर्छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल पुलिस क्लबलाई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology