Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रसुवागढी नाका आजदेखि पूर्ण सञ्चालन

रसुवागढी नाका आजदेखि पूर्ण सञ्चालन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १८, २०७९ शनिवार • १०:३५:२६ बजे
  • 460
    SHARES
  • रसुवागढी नाका आजदेखि पूर्ण सञ्चालन

    आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ।

    images

    रसुवाको रसुवागढी नाका दुईतर्फी सञ्चालनमा आएको हो। नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन् ।

    नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए।

    आज २५ देखि ३० कन्टेनर सामान पैठारी हुने अनुमान छ । केरुङ जान सीमा पास नवीकरण तथा नयाँ बनाउन आज शनिबार पनि अध्यागमन कार्यालय खुला गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # आजदेखि पूर्ण सञ्चालन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology