Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाबियाचौरमा ब्याडमिन्टन कर्भड हल

बाबियाचौरमा ब्याडमिन्टन कर्भड हल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १८, २०७९ शनिवार • ११:०४:१० बजे
  • 640
    SHARES
  • बाबियाचौरमा ब्याडमिन्टन कर्भड हल

    म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा रु २१ लाखमा कर्भड हल निर्माण भएको छ ।

    images

    ब्याटमिन्टनसहित मार्सल आर्टका खेलसमेत सञ्चालन गर्न मिल्ने गरी निर्मित कर्भड हलको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको हो ।

    गाउँपालिकाको रु ११ लाख, पूर्वाधार कार्यालयको रु पाँच लाख र २ को वडा कार्यालयबाट रु पाँच लाख गरी रु २१ लाखको आर्थिक सहयोगमा उक्त कर्भड हल निर्माण भएको हो ।

    गाउँपालिका अध्यक्ष रोकाले समुदायमा आवश्यक सबै पूर्वाधारमा पालिकाको बजेटबाट मात्रै सम्भव नभएकाले अन्य सरकारी निकाय, प्रदेश र सङ्घीय सरकारबाट समेत बजेटको आवश्यकता रहेको बताउनुभयो ।

    कर्भड हल बाहिर पार्किङ, व्यवस्थित शौचालयसहितको संरचनाका लागि समेत मङ्गला युथ क्लबले बजेट माग गरेको छ । कर्भड हललाई आवश्यकताअनुसार संरचना थप गरिने जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # ब्याडमिन्टन कर्भड हल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology