आश्विन ५, २०७७ सोमवार
•
१४:३१:३१ बजे
राजनीतिको सुरुआती चरणमा प्रवेश गरेकाहरु राजनीतिक इतिहास घोकेर राजनीतिमा उदाए । विकास र परिवर्तन आम जनताले उपभोग गर्न पाउनुपर्ने अधिकार हो भन्ने विषयमा कहिँले पनि प्रशिक्षण भएन् । त्यसैले खास अर्थमा विकास र परिवर्तनको माग नै हामीले गरेनौं, हामिले सिर्फ सरकार परिवर्तनका माग उठायौं । राजधानिको सडक ततायौं ल्होसार, माघि, नेपाल संम्वत लगायतका पर्वमा रत्नपार्क र खुल्लामञ्च वरिपरिको सडक पुरै अस्तव्यस्त बनायौं,तर हामिले बर्षौं देखिको अलपत्र मेलम्ची किन आएन भनेर आन्दोलन गरेनौ,ठेकेदारको लापरवाही विरुद्ध पनि आन्दोलन गरेनौं ,बहुप्रतिक्षित आयोजना समयमा पूरा हुन नसक्दा कारण खुलाउ भन्न सकेनौं!जातीय, धार्मिक, राजनीतिमा एक भएर अनेक विषयमा प्रदर्शन गर्ने हाम्रो पुस्ताले विकासका लागि एक भएर आन्दोलन गर्न सकेनौं ।
चीन, भारत, अमेरिका, जापान, कोरिया विकसित देशका प्रविधिबारे सुरिला गफ दिन सक्छौं,अर्थतन्त्रको मन्त्रमुग्ध स-विस्तार व्याख्या गर्न सक्छौं ,अरू देशको उत्पादनको खुलेरै प्रशंसा गर्न सक्छौं तर, हामीले के गर्यौं र के गर्न सकिन्छ कहिल्यै सोचेनौं,कुनै निर्दिष्ट खाका कोरेनौ संजालमा हाम्रो भुमिका केहो स्पष्ट बताउन सकेनौं ।
विकास अधिकार हो भनेर बुझ्न पनि हामीलाई गैरसरकारी संस्थाको कोचिङ क्लास आवश्यक छ । हामीमा सबै चेत छ, तर विकासको चेत भएन धेरै अधिकारका विषयमा हामीले आन्दोलन गर्यौं ,व्यवस्था परिवर्तन गरेर पनि देखायौं ठूला-ठूला आन्दोलनका साक्षी बन्यौं,धेरै जनधनको क्षति भयो ।
तर, पनि विकासको गति सँधै सुस्त छ हामी बोलेनौं संजालका ठुला-ठुला बहसमा गर्वका साथ एक योद्धाले जसरी भन्ने गर्छौं देशले केही गरेन, सरकारले केहि गरेनन्, कर्मचारीले गरेनन्, भन्न मै हाम्रो दैनिकी बिताईरहेका छौं,हामी युवा र हाम्रो आन्दोलन देश परिर्वतनको मेरुदण्ड र आधार पनि हो, मैले माथि नै भनिसकेको छु,तर, हामीले आन्दोलन केलाई भन्ने ? आन्दोलनको स्वरुप कस्तो हुने ?
समीक्षा गरेका छौं कहिल्यै ?आन्दोलन भन्ने बित्तिकै मण्डलामा उपस्थित भएर ढुङ्गा हान्नु, टायर बाल्नु र पुत्ला जलाउनु मात्र हो त ? मशाल जूलूस, बन्द हडताल मात्र हो त ? जिन्दावाद र मुर्दावादका नारा घन्काउनु मात्र हो त आन्दोलन ?
म फेरि पनि भन्छु ,अबको आन्दोलन चेतनाको हुनुपर्छ ,बिकास र परिवर्तनमुखी हुनुपर्छ ,पुरानो शैली तोडिनु पर्छ, आन्दोलनको स्वरुप फेरिनु पर्छ ।
राम चन्द्र तिम्सिना
(आवाज)