Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते

बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १९, २०७९ आइतवार • ०९:३६:१० बजे
  • 871
    SHARES
  • बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते

    खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बा१६च ३८२५ नंको बलेरो जिप दुर्घटना हँुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

    images

    शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सो जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । जिप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडाँै जाँदै गरेको थियो ।

    घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology