Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकल पुरुषलाई मासिक भत्ता

एकल पुरुषलाई मासिक भत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १९, २०७९ आइतवार • १९:४१:५२ बजे
  • 790
    SHARES
  • एकल पुरुषलाई मासिक भत्ता

    गुल्मीको इस्मा गाउँपालिकामा एकल पुरुषलाई भत्ता वितरण गर्न थालिएको छ ।

    images

    गाउँपालिकाका ६९ एकल पुरुषलाई मासिक रु एक हजारका दरले भत्ता बितरण गरिएको हो । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा ५५ वर्ष माथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको थियो ।

    निर्णय कार्यान्वयन गर्ने क्रममा एकल पुरुषलाई भत्ता वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष तथा प्रवक्ता पार्वती कुँवरले जानकारी दिनुभयो । इस्मा–१ देखि ६ सम्मका ६९ एकल पुरुषलाई भत्ता वितरण गरिएको हो ।

    एकल महिलाले राज्यबाट भत्ता पाउँदा पुरुष विभेदमा परेकाले उनीहरुलाई भत्ता दिने निर्णय गरिएको उहाँको भनाइ छ ।

    गाउँपालिकाले पहिचान भएका वा सम्पर्कमा आएका ५५ वर्ष माथिका सबै एकल पुरुषलाई मासिक भत्ता उपलब्ध गराउने जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पुरुषलाई मासिक भत्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology